१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुने सम्भावना भएपछि सुरक्षा व्यवस्था कडा

पोखरामा रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु अघि सुरक्षा व्यवस्था कडा बनाइएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३५
  • पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु अघि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

    राष्ट्र बैंक चोकदेखि शहीद चोकसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ। रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुने सम्भावना भएकोले सुरक्षा चुनौती बढ्न सक्ने अनुमान गर्दै प्रहरीको तैनाथी थप गरिएको हो।

    रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आफ्ना नेता–कार्यकर्तालाई विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ। अर्कोतर्फ, सहकारी पीडितहरुले न्यायको माग गर्दै राष्ट्र बैंक चोकमा भेला हुन आह्वान गरेका छन्। यसअघि सहकारी पीडित र रास्वपा समर्थकले छुट्टा-छुट्टै ठाउँमा प्रदर्शन गरेका थिए, तर यी दुई ठाउँबीचको दुरी कम भएकाले प्रहरीले आमने-सामने हुनबाट रोक्न थप सावधानी अपनाएको छ। 

    सुरक्षा चुनौतीलाई न्युनीकरण गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विशेष ध्यान दिएको जानकारी दिएका छन्।