पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ। निषेधाज्ञाका बाबजुद रास्वपाका समर्थकहरूले सहिद चोकमा चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका छन्, जसका कारण प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ।
प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न नदिँदै भीडलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ। लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतमा पेश गर्नै लाग्दा यस विरोध प्रदर्शनले उग्र रूप लिएको हो।
प्रतिक्रिया दिनुहोस