२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डिजिटल नेपाल- ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई अब डिजिटल चिट 

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई अब ई–चलान अथवा डिजिटल चिट जारी गर्ने प्रणाली सुरु



traffic police
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १५०
  • काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई अब ई–चलान अथवा डिजिटल चिट जारी गर्ने प्रणाली सुरु गरिएको छ।

    आइतबार आयोजित कार्यक्रममार्फत यो नयाँ प्रणालीको उद्घाटन गरिएको हो। यो प्रणालीले सवारी चालकलाई डिजिटल पेमेन्ट वालेटमार्फत जरिवाना भुक्तानीको सुविधा पनि प्रदान गर्दछ।

    प्रारम्भिक चरणमा काठमाडौँ, भक्तपुर, र ललितपुरमा यो प्रणाली कार्यान्वयन हुनेछ। ट्राफिक प्रहरीले डिजिटल चिट काट्नका लागि छुट्टै डिभाइस पाएका छन्, जसद्वारा उल्लङ्घन गर्ने चालकको मोबाइलमा क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण दर्ता गरिनेछ।

    नागरिक एपमा सवारी चालकले कसुर र जरिवाना रकमको विवरण प्राप्त गर्न सक्नेछन्, र डिजिटल वालेटमार्फत तत्कालै जरिवाना भुक्तानी गर्न सक्नेछन्।