८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

६० वर्षीय डम्मबहादुर साउदको अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ५९
  • बडीमालिका नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ।

    असोज २५ गते पान्लोटेमा भैँसी गोठको छानो नजिक अरिङ्गालको घार भत्काउने क्रममा साउदलाई टोकेको थियो। 

    उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा नपुग्ने भएपछि उनलाई भारतको मुम्बईस्थित नायर अस्पतालमा लगिएको थियो।

    उपचारको १० दिनपछि गएराति साउदको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।