२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिरासतमा लामिछानेको फोटो खिच्ने भुसाललाई अनुसन्धानको लागि पोखरा पठाइयो

रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ।



Bhusal
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २४९
  • काठमाडौँ, पौष ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थामा प्रहरीको अनुमती बिना फोटो खिच्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ।

    डा. भुसालले लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए।

    काठमाडौँबाट पक्राउ गरिएका भुसाललाई आवश्यक अनुसन्धानको लागि पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

    भट्टराईको अनुसार भुसाललाई यत्ति एयरको विमान मार्फत पोखरा पठाइएको छ।