८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाँच महिनामा व्यापार घाटा ५ खर्ब ८७ अर्ब रुपैयाँ

पाँच महिनामा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ।



Department of Customs
  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ३५
  • काठमाडौं, पौष ८ - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ।

    भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने ७३ अर्ब ६५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ।

    गत वर्षको सोही अवधिको तुलनामा आयात ३ प्रतिशतले बढेको छ भने निर्यातमा १६.५४ प्रतिशत वृद्धि भएको छ।

    पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन गत वर्षको तुलनामा ४.२१ प्रतिशतले बढी हो।