२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेसहित ५ जनाको मुद्दा न्यायाधीश राईको इजलासमा



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २०७
  • पोखरा, पौष ८ - पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसहित पाँच जनाको मुद्दामा कास्की जिल्ला अदालतको न्यायाधीश नीतिश राईको इजलासमा बहस सुरु भएको छ।

    आज रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, रामबहादुर खनाल, कृष्ण गुरूङ र लिला पछाइँलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लागेको छ।

    अदालतले बयान प्रक्रिया सुरु गरिसकेको छ र यसको निर्णय थुनछेक बहस पछि गरिनेछ। प्रहरीले उनीहरूविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गर्दै सहकारी ठगीको मुद्दा दायर गरेको छ।