१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

असिनापानीले धानबाली नष्ट, भयो ठूलो क्षति

असिनापानीले पर्वत जिल्लाका किसानहरूको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।



Dhan
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २६७
  • असिनापानीले पर्वत जिल्लाका किसानहरूको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

    कुश्मा, फलेवास नगरपालिकाका साथै जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न क्षेत्रमा यसले गम्भीर असर पारेको छ। विशेषगरी, पाक्ने र काट्न तयार धानमा ठुलो नोक्सानी भएको छ, जहाँ कतिपय किसानले खेतमै सुकाएको धान असिनाले नष्ट गरिदिएको छ।

    गत वर्ष पनि यस्तै समयमा परेको असिनाले धानबालीमा क्षति पुर्‍याएको थियो। यस वर्ष भने समयमै मनसुन सुरु भएकाले उत्पादन बढ्ने अनुमान गरिएको थियो, तर असिनापानीले अपेक्षित उत्पादनमा ठूलो असर पुर्‍याएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार, क्षतिको यकिन तथ्यांक केही दिनपछि आउन सक्नेछ, तर स्थानीय तहले तथ्यांक सङ्कलन गरिरहेको जानकारी दिए।

    धानबालीलाई केही मात्रामा क्षति कम गर्न सकिने भए पनि पूर्ण रुपमा सुरक्षित बनाउने उपाय भने कठिन रहेको छ।