
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारूढ गठबन्धन दलहरूको बैठक बालुवाटारमा सम्पन्न भएको छ।
बुधबार बिहान बसेको यस बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा प्रधानमन्त्री ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत, र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरूले छलफल गरेका हुन्।
बैठकको उद्देश्य सरकारको १०० दिनको उपलब्धि समीक्षा, आगामी कार्यक्रमहरूको योजना र समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्नु थियो। ओली प्रधानमन्त्री बनेको १०० दिन पुगेको अवसरमा अपराह्न ३ बजे उनी सरकारका उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रमसमेत रहेको छ।
ओली नेतृत्वको सरकार असार ३० गते कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिको आधारमा गठन भएको हो।
प्रतिक्रिया दिनुहोस