२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि अदालतमा लाने तयारी

रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १५८
  • सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। लामिछानेमाथि अनुसन्धानका लागि अदालतले दिएको ६ दिनको म्याद सकिएकाले पुनः म्याद थपको लागि उनलाई अदालतमा पेश गर्न लागिएको हो। 

    कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि अदालतमा लाने तयारी भइरहेको जानकारी दिएका छन्। उनले भने, "आज दोस्रोपटक म्याद लिन्छौं, अनुसन्धानको प्रक्रिया जारी छ।"

    लामिछानेलाई कार्तिक २ गते वनस्थलीबाट पक्राउ गरिएको थियो। उनीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेको छ। यसै प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।