१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शनिबार माओवादी केन्द्रद्वारा सरकारविरुद्ध ‘खबरदारी सभा’: ३० हजार सहभागीको अपेक्षा

कपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा सरकारविरुद्ध 'खबरदारी सभा' गर्न लागेको छ । 



Prachanda
  • AMITA BHATTARAI
  • २ बर्ष अघि
  • पाठक संख्या २१३
  • नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा सरकारविरुद्ध 'खबरदारी सभा' गर्न लागेको छ, जसमा ३० हजारभन्दा बढी मानिस उतार्ने तयारी गरिएको छ। प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने र प्रदर्शनीमार्गमा आयोजित सभालाई माओवादी केन्द्रले 'खबरदारी सभा' नाम दिएको छ। 

    सभामा सहभागीहरू बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा, र काठमाडौं मल अगाडि भेला भएर जुलुस सुरु गर्नेछन्, जसले विभिन्न झण्डा, ब्यानर, र नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध आवाज उठाउनेछन्। जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ। कार्यक्रम अपराह्न चार बजेभित्र सम्पन्न गर्ने योजना रहेको छ।

    सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् भने मञ्च राष्ट्रिय सभागृह अगाडिको सडकमा तयार पारिएको छ।