१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज फेरि माइतीघर मण्डलामा आन्दोलन गर्ने

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज फेरि सडक आन्दोलनको घोषणा गरेको छ।



Rastriya Sotantra Party
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १०७
  • काठमाडौँ – प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज फेरि सडक आन्दोलनको घोषणा गरेको छ। पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा प्रदर्शन गरिनेछ। 

    प्रवक्ता झाले भने, “हिजो बसेको पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनलाई निरन्तरता दिइनेछ।” 

    रास्वपाका सभापति रवि लामिछाने सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गरिरहेको छ। यो अघी रास्वपाले पोखरामा प्रदर्सन गर्दै आएको थियो भने हिजो देखि काठमाडौँमा कडा प्रदर्सन गर्दै आएको छ ।