१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कानुनविपरीत कुनै पनि गतिविधि हुन नदिने प्रधानमन्त्री ओलीको दाबि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता र साम्प्रदायिक विद्वेष फैलाउने प्रयासलाई रोक्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६८
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आयोजित सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा देशमा अराजकता र साम्प्रदायिक विद्वेष फैलाउने प्रयासलाई रोक्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कानुनविपरीत हुने कुनै पनि गतिविधि हुन नदिने बताएका छन्।

    दीक्षितहरूलाई बधाई दिँदै उनले भने, “तपाईंहरूले राष्ट्रको शान्ति र सुरक्षामा समर्पित भएर सेवा प्रवेश गर्नु भएको छ।” प्रधानमन्त्री ओलीले प्रहरी बलको प्रभावशीलता र सुविधाहरू वृद्धि गर्नका लागि मौजुदा कानुनमा संशोधन गरिने पनि जानकारी दिए। 

    सुरक्षाको सन्दर्भमा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै उनले सङ्गठनको क्षमता विस्तारमा ध्यान दिने कुरामा जोड दिए। यस समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, र अन्य उच्च सरकारी अधिकारीहरू उपस्थित थिए। आज ४५ जना सशस्त्र प्रहरी निरीक्षकले तालिम पूरा गरेका छन्।