३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राति १० बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध, पटाका प्रयोग नगर्न आग्रह

तिहारको समयमा कानून विपरीतका गतिविधि हुनसक्ने भन्दै कैलाली जिल्लामा राति १० बजेपछि देउसी-भैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न नपाइने भएको छ।



Kailali
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २६९
  • तिहारको समयमा कानून विपरीतका गतिविधि हुनसक्ने भन्दै कैलाली जिल्लामा राति १० बजेपछि देउसी-भैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेपछि देउसी-भैलो, नाचगान र अन्य मनोरञ्जनात्मक क्रियाकलापमा प्रतिबन्ध लगाएको हो। 

    सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा नेपाली संस्कार, परम्परा, र समाजको शान्तिमा असर पुग्ने सम्भावना भएकाले १० बजेपछि मनोरञ्जनात्मक गतिविधि रोक्नुपर्ने उल्लेख गरिएको छ। 

    प्रशासनले पटाका र आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ ओसारपसार र प्रयोग नगर्न पनि आग्रह गरेको छ। तोकिएको समयभन्दा बढी देउसी-भैलो खेलेमा कानुनी कारबाही गरिने चेतावनी पनि सूचनामा समावेश छ। साथै, दीपावलीको क्रममा दियो, मैनबत्ती, वा विद्युतीय बत्ती बाल्दा आगलागी जस्ता विपद्को सम्भावना हुने भएकाले सचेत रहन नागरिकलाई आग्रह गरिएको छ।