२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुलमान घिसिङ: तिहारमा विद्युत आयात गर्नुनपर्ने, प्राधिकरणसँग पर्याप्त विद्युत छ

घिसिङले यस वर्ष तिहारमा विद्युत आयात गर्नुपर्ने अवस्था नभएको र तिहारका लागि देशभित्रै पर्याप्त विद्युत उत्पादन भइरहेको र आवश्यक परेमा निर्यातसमेत गर्न सकिने क्षमता रहेको बताए। 



Kulman Ghising
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २३०
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्षको तिहारमा पर्याप्त विद्युत रहेको जानकारी दिँदै धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। लक्ष्मी पूजाका अवसरमा प्राविधिक समस्या नआएसम्म विद्युत आपूर्ति कायम रहने र विद्युत अभाव हुने अवस्था नरहेको उनले बताए। 

    घिसिङले यस वर्ष तिहारमा विद्युत आयात गर्नुपर्ने अवस्था नभएको र तिहारका लागि देशभित्रै पर्याप्त विद्युत उत्पादन भइरहेको जनाएका छन्। प्राधिकरणसँग तिहारमा पर्याप्त विद्युत रहेको र आवश्यक परेमा निर्यातसमेत गर्न सकिने क्षमता रहेको बताए। 

    तर, यस वर्षको असोज दोस्रो साता आएको बाढीले माथिल्लो तामाकोशी लगायत जलविद्युत आयोजना प्रभावित पारेको र लगभग ७०० मेगावाटको जलविद्युत प्रणाली उत्पादन बाहिर रहेको उनले जानकारी दिए। मुख्यतः माथिल्लो तामाकोशी ४५६ मेगावाट आयोजनामा ठूलो क्षति पुगेको र काबेली करिडोरको करिब २०० मेगावाटको आयोजना पनि बाढीले प्रभावित भएको उल्लेख गरे।