सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका–४ स्थित खुम्बु क्षेत्रमा घाइते अवस्थामा एक जापानी पर्यटकको उद्धार गरिएको छ।
सगरमाथा क्षेत्रमा भ्रमणमा रहेका ५८ वर्षीय जापानी नागरिक मिट्सुगु शिशिडो पदमार्गबाट अन्दाजी १० मिटर तल लडेपछि स्थानीय र प्रहरीको सहायतामा उद्धार गरियो। उनलाई टाउको, अनुहार र खुट्टामा सामान्य चोट लागेको थियो।
घाइते शिशिडोको दिङ्बोचे स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि काठमाडौँ फर्कने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सगरमाथा क्षेत्रमा अहिले पर्यटक सिजन भएकोले फर्कने पर्यटकको चाप बढ्दै गएको र चिसो बढेपछि भित्रिनेभन्दा बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस