२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मलेसियाबाट एकैपटक २६  नेपाली निकालिए

मलेसियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै एकै पटक २६ जना नेपालीलाई निष्कासन गरेको छ।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ३०५
  • काठमाडौँ, चैत्र १० - वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै एकै पटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

    निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन्। त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरूलाई निष्कासन गरिएको परराष्ट्रका एक अधिकारीले बताएका हुन् । 

    डीपोर्ट हुनेहरूमा कसैको राहदानी नभएको त कोही गैरकानुनी तरिकाले लुकीछिपी बस्दै आएको पाइएको छ। मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो।