२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अष्ट्रेलियाले लगायो डीपसिकमाथि प्रतिबन्ध

अष्ट्रेलियाले सरकारी प्रणाली र उपकरणहरूमा चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ।



  • एजेन्सीको सहयोगमा
  • ८ महिना अघि
  • पाठक संख्या २०७
  • बेइजिङ - अष्ट्रेलियाले सरकारी प्रणाली र उपकरणहरूमा चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अष्ट्रेलियाको यो कदमबारे चिनियाँ एआई विज्ञहरूले आलोचना गर्दै आयका छन् भने यसलाई वैचारिक रूपमा प्रेरित भएको बताएका छन्।

    यसअघि इटाली र नासा, पेन्टागन लगायत विभिन्न अमेरिकी एजेन्सीहरूले पनि डिपसिकमाथि प्रतिबन्ध लगाएका थिए।

    अष्ट्रेलियाली सञ्चार माध्यम एबीसीको अनुसार अष्ट्रेलियाली संघीय सरकारले डिपसिकलाई ‘राष्ट्रिय सुरक्षाको लागि अस्वीकार्य खतरा भनी कम्प्युटर र मोबाइल उपकरणहरूबाट प्रतिबन्ध लगाएको छ।

    यस नयाँ प्रतिबन्ध अन्तर्गत अष्ट्रेलिया पोस्ट र एबीसी जस्ता कर्पाेरेट संस्थाहरू बाहेक सबै सरकारी निकायहरूलाई आफ्ना उपकरणहरूबाट सबै डीपसिक–लिङ्क गरिएका उत्पादनहरू तुरुन्तै हटाउन निर्देशन दिइएको छ।

    अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार यो निर्णय एप चीनमा बनेको कारणले नभएर ‘सरकारी प्रणाली र सम्पत्तिको सुरक्षा’को आधारमा गरिएको हो।

    बेइजिङ युनिभर्सिटी अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनको ह्युमन–मेसिन इन्टरएकसन एण्ड कग्निटिभ इन्जिनियरिङ ल्याबका निर्देशक लिउ वेईले अस्ट्रेलियाको कदमले प्राविधिक चिन्ताभन्दा पनि विचारधाराबाट प्रेरित भेदभावलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बताए। अमेरिकी संघीय एजेन्सीहरूले चिनियाँ प्रविधिलाई नियमन गर्न कदम चालेपछि अस्ट्रेलियाले त्यसलाई पछ्याउन बाध्य भएको महसुस गरेको उनको भनाइ थियो।

    अष्ट्रेलियाले साँच्चै राष्ट्रिय सुरक्षामा प्राविधिक जोखिमको बारेमा कुरा गरिरहेको थियो भने, यसले अमेरिकी कम्पनी ओपनएआई र डीपसिकसँग काम गरिरहेका अन्य प्राविधिक कम्पनीहरूलाई पनि प्रतिबन्ध लगाउनुपथ्र्याे भन्ने लिउ वेईको तर्क गरेका छन्।