२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लमहीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भई एकको मृत्यु भएको छ।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३५९
  • दाङको लमही नगरपालिका-५ मा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमहीबाट गढवा जाँदै गर्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर राप्ती गाउँपालिका-५ कमलरोड निवासी २२ वर्षीय प्रेम राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार मगरलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

    दुर्घटनाको कारण मोटरसाइकल आफै अनियन्त्रित भएको बताइएको छ।