१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

च्याट जीपीटीमा "रियल टाइम सर्च" फिचर, गुगललाई चुनौती

हाललाई यो फिचर केवल च्याट जीपीटीका प्रिमियम प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध हुनेछ, तर भविष्यमा यसलाई नि:शुल्क संस्करणमा पनि उपलब्ध गराउने योजना ओपनएआईले बनाएको छ।



ChatGPT
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या ३०८
  • ओपनएआईले च्याट जीपीटीमा "रियल टाइम सर्च" फिचर थपेर यसलाई अझै प्रभावकारी बनाएको छ। यो नयाँ फिचरले च्याट जीपीटीलाई गुगल र माइक्रोसफ्ट कोपाइलटजस्ता प्रतिस्पर्धी प्लेटफर्महरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा ल्याएको छ। विशेषगरी, यसले सर्च इन्जिनको नेतृत्व गरिरहेको गुगललाई चुनौती दिने अपेक्षा गरिएको छ।

    हाललाई, यो फिचर केवल च्याट जीपीटीका प्रिमियम प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध हुनेछ, तर भविष्यमा यसलाई नि:शुल्क संस्करणमा पनि उपलब्ध गराउने योजना ओपनएआईले बनाएको छ। यस फिचरमार्फत, प्रयोगकर्ताहरूले ताजा र अद्यावधिक जानकारी तत्कालै सर्च गर्न सक्नेछन्। 

    च्याट जीपीटीको होमपेजमा वेब सर्चको विकल्प देखिने छ, जसले प्रयोगकर्ताहरूलाई समाचार, शेयर मूल्य, खेलकुद अपडेट जस्ता विभिन्न जानकारीहरू उपलब्ध गराउन सक्षम बनाउँछ। यो फिचर च्याट जीपीटीको सबैभन्दा नयाँ संस्करण, GPT-4 मा समावेश गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट नतिजा, फलो-अप प्रश्नहरूका जवाफ, र विशेष गरी प्रत्यक्ष स्रोत लिंक सहितको जानकारी दिन्छ।

    ओपनएआईले यो फिचर आइओएस, एन्ड्रोइड, र डेस्कटप एपहरूमा उपलब्ध गराइसकेको छ, जसले गर्दा प्रिमियम प्रयोगकर्ताहरूले कुनै पनि उपकरणबाट सजिलै प्रयोग गर्न सक्दछन्।