१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेश गरिँदै

लामिछानेलाई सहकारी ठगी र सम्पत्ति सुद्धिकरण मुद्दामा म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गरिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५६
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र सम्पत्ति सुद्धिकरण मुद्दामा म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गरिएको छ।

    कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई यसअघि कात्तिक २ गते पक्राउ गरिएको थियो।लामिछानेसहित सहकारी ठगी प्रकरणमा संलग्न ठहर गरिएका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाइ र रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिएको छ।

    कास्की प्रहरीले यसअघि लामिछानेको म्याद दुई पटक थप गरिसकेको थियो। तिहार बिदाका कारण म्याद सकिएको भए पनि आज मात्र उनीहरूलाई अदालतमा पेश गरिएको हो।

    अदालतले आजको बहसपछि म्याद थप गर्ने या नगर्ने विषयमा निर्णय लिनेछ।