३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेका समर्थकहरूद्वारा मंगलबार पोखरामा प्रदर्शन

लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको दाबी गर्दै समर्थकहरूले पोखराको जिरो किलोमा भेला भई प्रदर्शन गरेका हुन्। 



Aandolan
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३६
  • सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले मंगलबार पोखरामा प्रदर्शन गरेका छन्। लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको दाबी गर्दै समर्थकहरूले पोखराको जिरो किलोमा भेला भई प्रदर्शन गरेका हुन्। 

    प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग राख्दै सरकारलाई प्रतिशोधपूर्ण राजनीति नगर्न आग्रह गरेका छन्। लामिछानेको पक्षमा नाराबाजी गर्दै समर्थकहरूले उनीमाथि लगाइएका आरोपप्रति असन्तोष व्यक्त गरेका छन्। 

    प्रदर्शनमा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति थियो। यस घटनाले सहकारी ठगी प्रकरणमा राजनीतिक र सामाजिक बहसलाई थप तातेको छ।