
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको र रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको उनका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओली अस्वस्थ भएकाले अत्यावश्यकबाहेक अन्य भेटघाट रोकिएको छ। यद्यपि, उनले केही समयअघि गृहमन्त्री रमेश लेखकसँग संक्षिप्त भेटवार्ता गरेका छन्।
हाल प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्। उनका स्वास्थ्यबारे थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस