२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय थारू पक्राउ

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३२१
  • कोहलपुर नगरपालिका-२ बर्दहवामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 

    कात्तिक १९ गते राति ती किशोरीलाई सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले थारूलाई पक्राउ गरेको हो। उजुरीपछि प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।