३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

घरमा सजाइएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु

दाङको तुलसीपुरमा तिहारको अवसरमा घरमा सजाइएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३८
  • दाङको तुलसीपुरमा तिहारको अवसरमा घरमा सजाइएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

    तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्। 

    बुधबार बिहान करिब १०:१५ बजे किशोरले आफ्नै घरमा झिलिमिली बत्ती निकाल्दै गर्दा करेन्ट लागेको थियो। उनलाई तत्काल उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, जहाँ बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।