२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाका शिशुको मृत्यु

प्युठानमा तीन महिनाका शिशुको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदीका सुजल भण्डारीका तीन महिनाका छोराको ज्यान गएको हो। 



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३४१
  • प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाका शिशुको ज्यान गएको छ।

    ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटा जाँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदीका सुजल भण्डारीका तीन महिनाका छोरा श्रीजल भण्डारीको ज्यान गएको हो। 

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीका अनुसार शिशुलाई हजुरआमा नारायणी कुँवरले बोकेकी थिइन्। ठक्कर दिँदा शिशु खस्न पुगे र गम्भीर घाइते भए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। 

    प्रहरीले मोटरसाइकल चालक, प्युठान नगरपालिका–१ चेरनेटा निवासी २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएको छ।