१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई पुनः म्याद थपको लागि अदालतमा पेश, पोखरामा आन्दोलन

रवि लामिछानेलाई कास्की प्रहरीले चौथो पटक पुनः अदालतमा पेश गरेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १८१
  • सहकारीको रकम अपचलन, ठगी, संगठित अपराध, र सम्पत्ति सुदृढीकरणको मुद्दामा पुर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पुनः अदालतमा पेश गरेको छ।

    यसअघि तीन पटक म्याद थप भए पनि अहिले चौथो पटक पुनः म्याद थपको मागसहित अदालतमा उपस्थित गराइएको हो।

    लामिछानेका समर्थकहरूले भने प्रहरीले प्रतिशोध राखेर म्याद थप गरेको आरोप लगाइरहेका छन् र लगातार आन्दोलन गरिरहेका छन्। आज पनि पोखराको जिरा किलो भन्ने ठाउँमा लामिछाने समर्थकहरूले प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

    यस प्रकरणमा कास्की प्रहरीले सहकारी ठगीसम्बन्धी मुद्दामा विस्तृत अनुसन्धान गरिरहेको छ, जसमा संगठित अपराध र सम्पत्ति सुदृढीकरण जस्ता अन्य गम्भीर आरोपहरू पनि समावेश छन्।