ललितपुर महानगरपालिकाले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको छ। महानगरपालिकाले आज बिहान डोजर र नगर प्रहरी परिचालन गरेर मापदण्ड विपरीत बनेका संरचना हटाएको हो।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले अनधिकृत संरचना भत्काउन अदालतले आदेश दिएको र त्यसअनुसार कानुनी प्रक्रिया पूरा गरी संरचना हटाइएको जानकारी दिए।
महानगरपालिकाले सहकारी विकास बोर्डको संरचना मापदण्ड विपरीत बनेको भन्दै यसअघि नै चेतावनी दिएको थियो।
प्रतिक्रिया दिनुहोस