कतार एयरवेजले मंगलबारदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सुरु गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार, कतार एयरवेजले सातामा सातै दिन भैरहवाबाट उडान भर्नेछ।
यसअघि, कतार एयरवेजले कतार-काठमाडौंतर्फ दैनिक तीनवटा उडान गर्दै आएको थियो। अब मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा मार्गमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ।
कतार एयरवेजको थप उडानसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या पाँच पुगेको छ, जसले नेपालमा पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस