दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएका आठजनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृतकहरूमा शैल्यशिखर नगरपालिका-९ का दिलिप बिष्ट र मिना लेखक, वडा नम्बर ५ लेकगाउँका बिरेन्द्र रावल र शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिकाका बिरेन्द्र बोहरा र सुजिव बोहरा, युपी भारतका मोहमद शाकिर, र मेजावट भारतका मोहमद ओसिल छन्।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिल जोशीसहित अन्य घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। मालिकार्जुन धाम मेलाबाट फर्कँदै गरेको म १ ज ३३८ नम्बरको जीप करिब तीन सय मिटर तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस