२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वापाले कीर्तिपुरमा उम्मेदवारी नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने घोषणा गरेको छ।



RSP
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५४
  • राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने घोषणा गरेको छ। पार्टीका काठमाडौँ जिल्ला संयोजक प्रदिप बिष्टले कीर्तिपुरमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए।  

    तर, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भने पार्टीले उम्मेदवारी दिने भएको छ। बिष्टका अनुसार, सो वडामा रोजिना श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।