८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सि-चेक मर्मत सम्भार पूरा गरेपछि मकालु विमानले नियमित उडान सुरु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु विमान (९एन-एएलजेड) ले नियमित उडान पुनः सुरु गरेको छ।



Nepal Airlines
  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९७
  • नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु विमान (९एन-एएलजेड) ले नियमित उडान पुनः सुरु गरेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार इटालीमा सि-चेक मर्मत सम्भार पूरा गरेपछि विमानले उडानमा फर्किएको हो।  

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ८ बजेर ५२ मिनेटमा मकालु विमान अवतरण गरेको छ। मकालु विमानको पुनः सञ्चालनसँगै नेपाल एयरलाइन्ससँग रहेका सबै चारवटा विमान अब नियमित उडानमा संलग्न भएका छन्।  

    यो प्रक्रिया नेपाल एयरलाइन्सको उडान क्षमता र विश्वसनीयतामा थप सुधार गर्ने लक्ष्यसहित अघि बढाइएको छ। निगमले मकालु विमानलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सबै मापदण्ड पालना गरेको बताएको छ।