१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गाजा आक्रमणमा १११ प्यालेस्टिनीको मृत्यु

शनिबार मात्र गाजामा इजरायली सेनाले कम्तिमा १११ जना प्यालेस्टिनीहरूको हत्या गरेको छ।



Gaza Attack
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या १७८
  • इजरायलले गाजामा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १११ पुगेको छ। मेडिकल स्रोतहरूका अनुसार शनिबार मात्र गाजामा इजरायली सेनाले कम्तिमा १११ जना प्यालेस्टिनीहरूको हत्या गरेको छ। पोप फ्रान्सिसले सामूहिक हत्याको आरोपमाथि छानबिन गर्नुपर्ने माग गरिरहेका बेला यो आक्रमण भएको हो।  

    यसैबीच, इजरायली सेनाले लेबनानमा पनि आक्रमण तीव्र बनाएको छ। मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफको हत्या भएपछि लेबनानमा थप तनाव बढेको छ। लेबनानमा इजरायली सेनाले थप ६ जना प्यारामेडिक्सको हत्या गरेको बताइएको छ।  

    इजरायली आक्रमणले गाजा र लेबनान दुवै क्षेत्रमा मानवीय संकट झन् गहिरिँदै गएको छ। अन्तर्राष्ट्रिय समुदायले यस घटनामा चासो जनाउँदै शान्तिको आह्वान गरे पनि क्षेत्रीय द्वन्द्व रोक्ने पहलहरू अझै प्रभावकारी देखिएका छैनन्।