१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

'पुष्पा २' को ट्रेलर रिलिज भएको १९ घन्टामा यति करोडले हेरे

पुष्पा २ को ट्रेलरले युट्युबको ट्रेन्डिङ सूचीमा तेस्रो स्थान ओगटेको छ, र फ्यानहरू ट्रेलरमा कमेन्ट र शेयर गर्न व्यस्त छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १२७
  • दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ आगामी डिसेम्बर ५ मा हलमा रिलिज हुने भएको छ। आइतबार पटनामा फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फ्यानहरूमाझ उत्साहको लहर छाएको छ।

    फिल्मको ट्रेलर रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ। एक घण्टामै ट्रेलरलाई २० लाखभन्दा बढी पटक हेरिएको थियो भने दुई घण्टाभित्रै यो संख्या ४० लाख नाघ्यो। समाचार तयार पार्दासम्म, ट्रेलरलाई १९ घण्टामा ३ करोड ३८ लाखभन्दा बढी भ्युज मिलिसकेको छ। ट्रेलरले युट्युबको ट्रेन्डिङ सूचीमा तेस्रो स्थान ओगटेको छ, र फ्यानहरू ट्रेलरमा कमेन्ट र शेयर गर्न व्यस्त छन्।

    ट्रेलरमा अल्लु अर्जुनको दमदार डाइलग र स्टाइल फ्यानहरूबीच चर्चाको विषय बनेको छ। त्यस्तै, अभिनेत्री रश्मिका मन्दानासँगको रोमान्सलाई पनि दर्शकहरूले निकै रुचाएका छन्। ट्रेलरले फिल्मप्रतिको अपेक्षा थप बढाएको छ, र यो फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान बनाउन सक्ने अनुमान गरिएको छ।

    'पुष्पा: द राइज' को अपार सफलतापछि यो सिक्वेललाई पनि दर्शकले निकै उच्च आशामा हेरेका छन्। फिल्मको प्रदर्शनले दक्षिण भारतीय सिनेमाका साथसाथै बलिउड र अन्तर्राष्ट्रिय दर्शकहरूमा समेत प्रभाव पार्ने विश्वास गरिएको छ।