२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाल्पामा रुखमा झुण्डिएको अवस्थामा व्यक्तिको शव फेला

३९ वर्षीय धनबहादुर विक आफ्नै घरदेखि करिब ३० मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३३
  • पाल्पाको बगनासकाली गाउँपालिका–६, टोक्सेका ३९ वर्षीय धनबहादुर विक आफ्नै घरदेखि करिब ३० मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    गएराति करिब १२:३० बजे विकको शव भेटिएको हो। पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।