१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई फेरी म्याद थपको लागि अदालत पुर्‍याइयो

प्रहरीले यो प्रकरणमा अनुसन्धान अझै बाँकी रहेको भन्दै म्याद थपका लागि निवेदन दिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४७
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, सम्पत्ति अपचलन, र सङ्गठित अपराध आरोपमा अदालत पुर्‍याइएको छ।

    अनुसन्धानका लागि शुक्रबार सकिएको १३ दिनको म्यादपछि प्रहरीको टोलीले आइतबार बिहान उनलाई पोखराको अदालतमा पेश गरेको हो।

    लामिछानेसँगै छविलाल जोशी, लीला पछाई, र रामप्रसाद खनाललाई पनि अदालत पुर्‍याइएको छ। प्रहरीले यो प्रकरणमा अनुसन्धान अझै बाँकी रहेको भन्दै म्याद थपका लागि निवेदन दिएको छ।

    प्रहरीका अनुसार, रवि लामिछानेलाई काठमाडौँ जिल्लाको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ पुर्जी जारी भएको थियो। सोही मुद्दामा छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछाने र अन्यलाई काठमाडौँमा पनि जाहेरी परेकोले थप अनुसन्धानका लागि लगिने तयारी भएको छ।