२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कालिमाटीमा महिलाको शव काँधमा बोकेर हिँड्ने युवक पक्राउ

कालिमाटी क्षेत्रमा एक महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।



Pakrau
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४६
  • काठमाडौंको कालिमाटी क्षेत्रमा एक महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा रहेका छन्।

    मंसिर ७ गते कालिमाटीको संगीत मार्गमा उदयपुर घर भएकी ४५ वर्षीय जानुका सुर्खेतीको शव फेला परेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार युवकले महिलाको शव काँधमा बोकेर सडकमा फालेको देखिएको छ।

    प्रविधिको सहायताले अनुसन्धान गर्दै जाँदा युवकलाई पक्राउ गरिएको बताइएको छ। प्रारम्भिक बयानमा युवकले लागुऔषध सेवन गरेका र शव बोकेर फालेको स्वीकार गरेका छन्।

    मृतक केही समयदेखि सडकमा बस्दै आएकी थिइन्। घटनास्थलमा मृतकको सुरुवाल खुला अवस्थामा फेला परेको हुनाले बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। तर, शरीरमा कुनै चोटपटक नदेखिएको कारण हत्या पुष्टि हुने प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।

    आरोपीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट ४ दिनको म्याद लिइएको छ। घटनाको थप अनुसन्धान जारी छ।