२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै एक व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना गराएको छ।



Garbage
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना गराएको छ। महानगरपालिका-१४ कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै कुबेर थापालाई उक्त जरिवाना तोकिएको हो।

    यसअघि सोमबार, सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो।

    पछिल्लो समय काठमाडौं महानगर प्रशासनिक दण्ड, जरिवाना र जफतमा आक्रामक रुपमा सक्रिय देखिएको छ। महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड-जरिवानाको व्यवस्था गरेको छ।

    त्यसैगरी, गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्दा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकिएको थियो।

    यद्यपि, एमालेले उक्त जरिवाना स्वीकार गरेको छैन। पार्टी कार्यालयमा जरिवाना पत्र लिएर पुगेको महानगरको टोलीले पत्र अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पत्र पठाएको छ।