२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ब्लाइन्ड टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै नेपालको दोस्रो जित

दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै नेपालले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।



Blind T20
  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या २०१
  • पाकिस्तानमा जारी ब्लाइन्ड टी-२० विश्वकपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै नेपालले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

    नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा २ विकेट गुमाएर १८७ रनमा रोकियो। उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए।

    त्यसअघि, नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका लागि नरेशले उत्कृष्ट प्रदर्शन गर्दै ८० रनको योगदान दिए।

    पहिलो दुई खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराउँदै जितको लयमा फर्किएको थियो।