२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फिल्म ‘ऐरी’ को छायांकनमा दुर्घटना : अभिनेता सोनम तोप्देनको खुट्टा भाँचियो

प्रदीपको खुट्टा सोनमको देब्रे खुट्टामा ठोक्किएपछि खुट्टा गोलीगाँठोभन्दा माथिबाट भाँचिएको सोनमले जानकारी दिएका छन्।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ४४४
  • काठमाडौं, असार ११ -नेपाली फिल्म ऐरी को छायांकनका क्रममा अभिनेता सोनम तोप्देनको खुट्टा भाँचिएको छ। ढोरपाटनमा भइरहेको फिल्मको फाइट दृश्य खिच्ने क्रममा दुर्घटना भएको हो।

    फिल्मको दृश्य अनुसार प्रदीप खड्काले रुखबाट हाम फालेर सोनमलाई किक हान्ने सिन छायांकन गरिँदै थियो। सोही क्रममा प्रदीपको खुट्टा सोनमको देब्रे खुट्टामा ठोक्किएपछि खुट्टा गोलीगाँठोभन्दा माथिबाट भाँचिएको सोनमले जानकारी दिएका छन्।

    दुर्घटनापछि हेलिकोप्टरमार्फत उनलाई पोखराको चरक अस्पतालमा भर्ना गरिएको छ। अहिले उनी अस्पतालमै उपचाररत छन् भने उनका दृश्यको छायांकन अनिश्चित बनेको छ।

    “निर्देशकले तिमीलाई एक वर्षसम्म कुर्छु भन्नुभएको छ,” सोनमले भने।

    सोनमको आगामी फिल्म जलाकी को तयारी पनि भइरहेको छ। तर, सो फिल्ममा पहाड चढ्नुपर्ने र नाच्ने दृश्य भएकाले उनको सहभागिता अहिले अन्योलमा परेको छ।

    शाम्बालापछि सोनम नेपाली फिल्म उद्योगमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिन थालेका छन्। हाल उनी नेपालसहित विदेशमा समेत डिमान्डेड कलाकारका रूपमा स्थापित छन्।