२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ

रौतहटको दुर्गाभगवती गाउँपालिका–४ छतौनामा चार वर्षअघि आमा र छोराको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्।



Hatyara
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५९
  • रौतहटको दुर्गाभगवती गाउँपालिका–४ छतौनामा चार वर्षअघि आमा र छोराको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार पक्राउ पर्ने व्यक्ति ४८ वर्षीय महमद जनिफ हुन्।

    २०७७ साल वैशाख ११ गते राति २२ वर्षीया हुस्नेयारा खातुन र उनका दुई वर्षीय छोरा रेहानको हत्या भएको थियो। हत्यापछि शवहरू मसुरोको भुसमा बलिरहेको आगोमा फालेर जनिफ फरार भएका थिए। घटनापछि प्रहरीले अनुसन्धान थालेको भए पनि अभियुक्त फरार रहेकाले पक्राउ गर्न सकिएको थिएन।

    प्रहरीले दुर्गाभगवती गाउँपालिका, पिपरा बजार क्षेत्रमा लुकिछिपि बसेको अवस्थामा उनलाई फेला पारेको हो। पक्राउपछि रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।

    हत्या गरिएको स्थानभन्दा करिब ३०० मिटरको दुरीमा बालक रेहानको कङ्काल भेटिएको थियो। यस घटनाले त्यो समयमा स्थानीयस्तरमा ठूलो सनसनी मच्चाएको थियो। अभियुक्तलाई अब कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।