
गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) हाल डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा कैदी जीवन बिताइरहेका छन्।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पाँच वर्ष कैद सजायको फैसला सदर गरेपछि उनी कात्तिक २७ गते कारागार चलान भएका हुन्। कारागार प्रशासनका अनुसार, मनाङे कारागारमा भित्रिएको दुई हप्ता बितिसक्दा पनि उनले न त प्रशासनसँग कुनै गुनासो गरेका छन्, न त भेट्न आउनेहरूसँग कुनै असन्तोष प्रकट गरेका छन्।
जेलर पूर्णबहादुर खत्रीसँग ‘ख’ ब्लकमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका मनाङे यसअघि पनि त्यही ब्लकमा बसिसकेका कारण उनको अनुरोध स्वीकार गरिएको हो। कारागार स्रोतका अनुसार, "भीआईपी वा भीभीआईपी कैदीहरूले विभिन्न माग राख्ने र प्रशासनलाई दबाब दिने गरेको सुनिएको थियो। तर, मनाङेको हकमा अहिलेसम्म यस्तो कुनै पनि गतिविधि देखिएको छैन।
उनी बिन्दास शैलीमा कैदी जीवन बिताइरहेका छन्।" सर्वोच्च अदालतले कात्तिक २० गते उच्च अदालत पाटनको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस