
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने चीन भ्रमणका एजेन्डामाथि छलफल हुनेछ। प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने तयारीमा छन्।
यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा भ्रमण तयारीका लागि आजै दिउँसो चीन प्रस्थान गर्दैछिन्। परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री राणाले मंसिर १४ गते छेङ्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन्। भेटमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस