१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेविरुद्ध सहकारी रकम अपचलन प्रकरणमा आजपनि बयान जारी

रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १३५
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मामिलामा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। यो मुद्दामा उनीसँगै पूर्व डीआईजी छविलाल जोशी र अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको आरोप लागेको छ।

    स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सहकारीका २७,००० भन्दा बढी निक्षेपकर्ताले करिब २ अर्ब ६५ करोड जम्मा गरेका थिए। हालसम्म ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्।

    यस प्रकरणमा रवि लामिछानेसहित अन्य पाँचजना थुनामा छन्, जसमा सहकारीका अध्यक्ष जीवी राई, कमल लामा, र सुनिता नेवाको नाम पनि समावेश छ। अनुसन्धान जारी रहेको छ, र सरकारी वकिल कार्यालयले उनीहरूसँग सोधपुछ गरिरहेको छ।