आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन, शुक्रबार, प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि, शुक्रबार छापावाल सुनको मूल्य एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्य, एक हजार आठ सय ४५ रूपैयाँको तुलनामा पाँच रूपैयाँ कम हो।
प्रतिक्रिया दिनुहोस