२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नक्कली सिफारिस बनाएर चन्दा उठाउने व्यक्ति पक्राउ

शहिद लखन गाउँपालिकाको नक्कली सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्।



shahidLakhan Ga.Pa.
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २१८
  • शहीद लखन गाउँपालिकाको नक्कली सिफारिस बनाएर आर्थिक सहयोग माग्दै हिँड्ने दुई व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ परेका व्यक्तिहरूले आफूहरू जितपुर उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा भएको बताएका छन्। विभिन्न स्थानमा यस्ता गिरोहले चन्दा उठाइरहेको भन्ने सूचना प्राप्त भएको गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभएको छ।

    अध्यक्ष थापाका अनुसार यस्ता व्यक्तिहरूले नक्कली कागजात देखाएर सर्वसाधारणलाई ठगी गर्दै आर्थिक सहयोग संकलन गरिरहेका छन्। उनले यस्ता कार्य गैरकानुनी भएको भन्दै यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई फेला परेमा तत्काल नजिकको प्रहरी चौकीमा बुझाउन सबैलाई आग्रह गरेका छन्।

    गाउँपालिकाले यस प्रकारका ठगी कार्यलाई रोक्न सजग रहन आम नागरिकलाई अनुरोध गरेको छ। यसबारे थप अनुसन्धान गर्न स्थानीय प्रशासन र प्रहरी सक्रिय छन्।

    May be an image of 1 person and textMay be an image of 2 people