१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्थानीय तह उपनिर्वाचन: ४ घण्टामा २५ प्रतिशत मतदान सम्पन्न

स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदानमा पहिलो ४ घण्टामा २५ प्रतिशत मत खसेको छ।



Election
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६०
  • स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदानमा पहिलो ४ घण्टामा २५ प्रतिशत मत खसेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदान केन्द्रमा उत्साहजनक सहभागिता रहेको जानकारी दिएका छन्।

    ‘मतदान सुरुवातदेखि नै मतदाताको उपस्थिति उत्साहजनक रहेको छ। ४ घण्टाभित्र २५ प्रतिशत मतदान सम्पन्न भएको छ,’ थपलियाले भने। उनले हालसम्म सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उल्लेख गरे।

    उपनिर्वाचनमा नगर प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, र वडाध्यक्षका लागि ४१ पदमा प्रतिस्पर्धा भइरहेको छ। कुल ३७६ जना उम्मेदवार चुनावी मैदानमा छन्। यो उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।

    मतदान प्रक्रिया शान्तिपूर्ण ढङ्गले अघि बढिरहेको जनाइएको छ। मतगणना पनि निर्धारित समयमै सुरु हुने अपेक्षा गरिएको छ।