१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको चीन भ्रमणका कारण त्रिभुवन विमानस्थल आधा घण्टा बन्द

सुरक्षा कारणले बिहान १०:३५ देखि ११:०५ बजेसम्म विमानस्थलमा अन्य उडान र अवतरण रोकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।



Airport
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १३५
  • प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ।

    प्रधानमन्त्री ओली बिहान ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन प्रस्थान गर्दैछन्। यस क्रममा सुरक्षा कारणले बिहान १०:३५ देखि ११:०५ बजेसम्म विमानस्थलमा अन्य उडान र अवतरण रोकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यो अन्तर्राष्ट्रिय अभ्यास अन्तर्गत सुरक्षा मापदण्ड हो। प्रधानमन्त्रीको जहाज उड्नुअघि २५ मिनेट र उडेपछि ५ मिनेट अरू जहाजको उडान र अवतरण बन्द गरिनेछ।

    यसका लागि वायुसेवा कम्पनीहरूलाई नोटिस फर एयरमेन जारी गरिएको छ। सबै वायुसेवाले आफ्नो उडान तालिका समायोजन गरिसकेको र यात्रुहरूलाई आवश्यक सूचना दिइसकेको प्राधिकरणले जनाएको छ।