८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सडक विस्तारका लागि ७ हजार रुख काटिने

बुटवल–गोरुसिंगे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा करिब ७ हजार रुख काटिने भएको छ।



Rukh
  • Sangeeta Gurung
  • ३ हप्ता अघि
  • पाठक संख्या १११
  • बुटवल – बुटवल–गोरुसिंगे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा करिब ७ हजार रुख काटिने भएको छ। माघ महिनादेखि सुरु हुने यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ सान्सी कन्स्ट्रक्सन र चितवनको आशिष निर्माण सेवाले १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का पाएका छन्।

    सडक शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७.४ मिटर, र जंगल क्षेत्रमा २४ मिटर चौडाइ हुने छ। हाल नापजाँच, माटो परीक्षण र रुख कटानको तयारी पूरा भइसकेको छ।

    वन्यजन्तु संरक्षणलाई ध्यान दिँदै जंगल क्षेत्रमा १९ वटा अन्डरपास, १२ पैदल अन्डरपास र ११ ओभरहेड ब्रिज निर्माण गरिनेछ। बुटवल-नारायणगढ सडकमा जस्तो समस्या नहोस् भनेर सुरुमा दायाँ-बायाँको लेन बनाएर मात्र बीचको भाग भत्काइने छ।

    सडक विस्तारपछि कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना रहेको छ।