२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल-चीन सम्झौतामा ‘अनुदान’ शब्दको विवाद, बीआरआई सहमति अन्योलमा

चीनले नेपालले प्रस्ताव गरेका केही परियोजनाका नाम समेत हटाएको थियो।



Nepal-China
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ११२
  • १८ मंसिर, काठमाडौं। चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको सन्दर्भमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ सम्झौतामा हस्ताक्षर हुन सकेन।

    मंगलबार दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा नौ वटा अन्य सम्झौतामा हस्ताक्षर भए पनि चीनले नेपालले प्रस्ताव गरेको मस्यौदामा संशोधन गर्दै अनुदानसम्बन्धी शब्द हटाएपछि सहमति हुन नसकेको हो।

    चीनले नेपालले प्रस्ताव गरेका केही परियोजनाका नामसमेत हटाएको थियो। नेपाली पक्षले अनुदान शब्दको महत्त्वलाई कायम राख्न विभिन्न प्रस्तावहरू राखे पनि चिनियाँ पक्ष सहमत नभएको बताइएको छ।

    प्रधानमन्त्रीको भ्रमणका दौरान उक्त सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम भए पनि संयुक्त वक्तव्यमा बीआरआई परियोजनाहरू अघि बढाउन सहमति भएको उल्लेख हुन सक्ने सम्भावना छ।